आइतबार, जेठ ६, २०८१

लक्ष्मी बैंकको माई मोवाईल मनी

नेपालखोज २०७७ पुष १३ गते १६:५९

काठमाडौं । लक्ष्मी बैंकले माई मोवाईल मनी भिडियो प्रतियोगिताको घोषणा गरेको छ । बैंकले डिजिटल डिसेम्वर अभियान अन्तर्गत डिजिटल बैंैकिङका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले माई मोवाईल मनी भिडियो प्रतियोगिताको घोषणा गरेको हो ।

यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवा सम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार प्रदान गरिने छ ।

यस एक महिने अभियान डिजिटल डिसेम्वरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा इन्टरनेट बैैकिङ, मोवाईल बैंकिङ, भाईबर बैंकिङ जस्ता डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्घि गर्ने व्यापक प्रयास गरेको छ । बैकको मोवाईल मनी एप गुुगल प्ले स्टोर र एपल स्टोरमा उपलब्ध हुुने छ ।

माई मोवाईल मनी क्राउड सोर्सिङमा आधारित दास्रो प्रतियोगिता हो । यसअघि बैंकले सञ्चालन गरेको डेविट कार्ड र डिजाईनिङ प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त भएको थियो । बैंकले प्राप्त सुझावहरुलाई समेटेर डेबिट कार्डको डिजाईन समावेश गरेको छ ।

ग्राहकहरुलाई आफ्नो रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्न यस्ता अभियानहरु निरन्तर सञ्चालन गर्ने बैंकको उद्देश्य रहेको छ ।

प्रतिक्रिया