आईसीसीको टेष्ट ब्याटिङ्ग वरियतामा कोहलीलाई पछि पार्दै केन शीर्ष स्थानमा

नेपालखोज २०७७ पुष १७ गते ७:४९

एजेन्सी । आईसीसीको टेष्ट ब्याटिङ्ग वरियतामा न्युजिल्याण्डका कप्तान केन विलियमसन शीर्ष स्थानमा उक्लिएका छन् । विराट कोहलीलाई पछि पार्दै कप्तान विलियमसन टेष्ट वरियताको नम्बर एकमा उक्लिएका हुन् । पछिल्लो वरियतामा कोहली दोस्रो र अष्ट्रेलियाका भेट्रान स्टिभ स्मिथ तेस्रो स्थानमा रहेका छन् ।

भारतका कप्तान कोहलीसंग ८ सय ७९ रेटिङ्ग प्वाइन्ट रहेको छ । यस्तै, स्मिथसंग ८ सय ७७ रेटिङ्ग प्लाइन्ट रहेको छ । सन् २०२० मा विलियम्सले ४ टेष्ट म्याच खेलेका थिए । उनले यसको दौरान ४ सय ९८ रन बनाएका थिए ।

यस वर्ष उनको औसत ८३ रहन पुग्यो । यस वर्ष विलियमसनले २ शतक र १ अर्धशतक प्रहार गर्न सफल भएका छन् । शीर्ष ३ ब्याट्सम्यानसंगै चौथो नम्बरमा मार्नस लाबुशाने चौथो नम्बरमा रहेका छन् । टेष्टको बलिङ्ग वरियतामा प्याट कमिन्टस शीर्ष स्थानमा रहे । स्टुअर्ट बर्ड दोस्रो स्थानमा रहे ।

प्रतिक्रिया