खोप प्राप्त भएको सात दिनभित्र लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथामविरुद्धको खोप प्राप्त भएको सात दिनभित्र लगाउन सकिने गरी आवश्यक पूर्वाधार तयारी अवस्थामा राखिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माइनस २० डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने खोप प्राप्त हुने अवस्था आए २० प्रतिशतलाई पुग्ने गरी सरकारी र निजी क्षेत्रका पूर्वाधार चालु अवस्थामा राखिएको छ ।
माइनस ७० डिग्री सेल्सियसमा राख्न मिल्ने खोप प्राप्त हुने अवस्था आए तीन प्रतिशत फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई पुग्ने गरी पूर्वाधार व्यवस्थापन गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोपका लागि चाहिने पूर्वाधार निर्माणको काम भइरहेको बताए ।
खरिद गरिएको खोप राख्न वेयर हाउस व्यवस्थापन गर्ने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने योजना बनाएको छ । सरकारले कोभिड–१९ रोकथामविरुद्ध खोप आयात गर्ने तयारी तीव्र पारेको बताए पनि खोप आयातका लागि समय निक्र्योल हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ¥यापिड एक्सन प्लानमार्फत तयारी अघि बढाएको हो । कोभिड–१९ विरुद्धको खोप आयातका लागि खोप उत्पादन गरेका सातवटा देशमा डिप्लोमेटिक नोट पठाइएको छ ।

प्रतिक्रिया