काठमाडौं उपत्यकामा हिजोभन्दा आज थोरै न्यानो महशुस

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको तराईका भू–भागमा कुहिरो लागेको छ । कैलाली, कञ्चनपुर लगायतका जिल्लामा कुहिरो लागेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार दिउँसोपख यी स्थानहरुमा कुहिरो हटेर जाने भएपनि पारिलो घाम भने लाग्ने सम्भावना छैन् ।
त्यस्तै दिउँसो काठमाण्डौसहित पहाडी भेगहरुमा सामान्य बादल लाग्ने सम्भावना रहेको छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् कँडेलले जानकारी दिइन् । राति कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रही बाँकी ठाउँको मौसम सफा नै रहने छ ।
त्यस्तै काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज थोरै न्यानो महशुस गरिएको छ । आज बिहान काठमाण्डौको तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्री सेल्सियसमा झरेको थियो ।

प्रतिक्रिया