राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाले जनप्रदर्शन गर्दै

नेपालखोज २०७७ पुष १७ गते ९:४६
सांकेतिक तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । हिन्दु राष्ट्र, राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाले आज काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो ।

आज बिहान ११ बजेदेखि सुरु हुने प्रदर्शनमा सहभागी हुन अध्यक्ष कमल थापाले आह्वान गरेका छन् । ट्वीटरमार्फत हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना चाहने तथा भ्रष्टाचार, धर्मपरिवर्तन, कुशासन, र सर्वसत्तावादको बिरुद्धमा रहेका आम जनसमुदायमा प्रदर्शनमा सहभागी हुन उनले अपिल गरेका छन् ।

अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन कदमविरुद्ध प्रचण्ड नेपाल समूह र नेपाली कांग्रेस, जसपा पनि आन्दोलनमा रहेका छन् ।

प्रतिक्रिया