अवैध लागूऔषध सहित दुई व्यक्ति पक्राउ

नेपालखोज २०७७ पुष १७ गते १०:५१

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट करिब ७ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने धुलो सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर टिस्टुङ गाउँपालिका-७ बस्ने २३ वर्षीय सुनिल तामाङ र सिन्धुली घर भई धादिङ बैरेनी बस्ने १६ वर्षीय किशोर रहेका छन् । पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ५१८६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार उनीहरुलाई झोलामा लुकाई ल्याएको उक्त धुलो सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका १२ सिजीगेट अगाडिबाट नियन्त्रित लागूऔषध २२ पीस नाइट्राभेट र १ थान खुकुरी सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके नेपालगंज उपमहानगरपालिका-८ घर भएका २८ वर्षीय कृपाराम चमार र काभ्रे नमोबुद्द नगरपालिका-१ घर भएका २५ वर्षीय आकाश तामाङ रहेका छन् । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया