नेकपा संसदीय दल प्रदेश २ का नेता सत्यनारायण विरुद्ध अविश्वासको प्रस्ताव दर्ता
नेपालखोज
२०७७ पुष १७ गते १२:५७
जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गरेकाे छ ।

जम्मा ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइएकाे हाे । प्रचण्ड-नेपाल समूहका सांसद शत्रुघन महतोलेका अनुसार ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको छ ।
नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भइसकेको र आइतबार बैठक बसी उनलाई पदबाट हटाइने तयारी रहेकाे सांसद महतोले बताएका छन् ।
प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन् । यसमध्ये २० जना आफूहरुको पक्षमा रहको दाहाल-नेपाल पक्षको दाबी छ ।
सम्बन्धित

प्रतिक्रिया