राष्ट्र बैंकद्वारा एकमुष्टरुपमा प्रदान गर्ने पुर्नकर्जाको लागि प्रस्ताव पेस गर्न आव्हान

नेपालखोज २०७७ पुष १७ गते १३:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक मुष्ठरुपमा प्रदान गर्ने पुर्नकर्जाको लागि प्रस्ताव पेस गर्न बैंक तथा फाईनान्स कम्पनीहरुलाई आव्हान गरेको छ । आज शुक्रबार बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी र लघुबित्त बित्तीय संस्थाहरु समेतको नाउँमा परिपत्र जारी गर्दे यही माघ १६ गतेसम्म एकमुुष्ठरुमा प्रदान हुुने पुर्नकर्जाको लागि आवेदन बुझाईसक्न राष्ट्र बैंकले आव्हान गरेको हो ।

नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यबिधी २०७७ अनुसार एकमुष्ठरुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुर्नकर्जा, साधारण पुर्नकर्जा तथा बिशेष पुर्नकर्जाको लागि यही माघ १६ गतेसम्म आवेदन दिईसक्नु पर्ने छ । राष्ट्र बैकका अनुसार आवेदनका लागि योग्य कर्जा अन्तर्गत कोरोना भाईरस (कोभिड १९) बाट अति प्रभावित क्षेत्र अन्तर्गत पर्यटन क्षेत्र संग सम्वन्धीत सबै क्षेत्र, हवाई, मनोरञ्जन पार्क, चलचित्र उत्पादन, बितरण, सिनेमा हल, रोजगारी गुमेका श्रमिक, कामदार तथा कर्मचारी आदि रहेका छन् । यसैगरी मध्यम प्रभावित क्षेत्र अन्र्तगत खप्ने सामानहरु जस्तै प्लाष्टिक, फलाम स्टिल, व्युटी पार्लर, हेल्थ सेन्टर, स्पा, फिटनेस सेन्टर, निर्माण व्यवसाय, औषधी उत्पादन, छपाई प्रकाशन तथा सञ्चार गृह, निर्माणधिन जलबिद्युत गृह, नविकरणीय ऊर्जा आदि रहेका छन् ।

राष्ट्र बैंकका अनुसार संस्थाले माग गर्ने कुल पुर्नकर्जा संस्थाको प्राथमिक पुंजीको २० प्रतिसतसम्म हुनुपर्ने छ । एक भन्दा बढी बैंक तथा बित्तीय संस्थाहरुमार्फत कर्जा उपयोग गरेका ऋणीहरुको हकमा एक बैंक वा बित्तीय संस्थामार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने छ । पुर्नकर्जाको लागि आवेदन गर्दा लघु, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीहरुलाई अधिकतम मात्रामा समेट्ने गरी आवेदन गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार आवेदको लागि कर्जा छनौट गर्दा संस्थाको पुंजीकोष राष्ट्र बैंकले तोकेको अनुपातमा हुनुपर्ने छ ।

प्रतिक्रिया