राजधानीमा श्रृखलाबद्ध लुटपाटमा संलग्न गिरोह पक्राउ
काठमाडौं । राजधानीमा श्रृखलाबद्ध लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ । महानगरीय अपराध महाशाखा मिनभवनले खुकुरी प्रहार गरि लुटपाट गर्ने गर्ने उक्त गिरोहका पाँच जना व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

महाशाखाका सुचना अधिकारी प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका वडा नम्पर २७ बस्ने २९ बर्षिय रोहन नेपाली शाही, जुम्लाको सिञ्जा घर भई हाल काठमाडौ चक्रपथ बस्ने २६ बर्षिय हरि शर्मा, काठमाडौको थानकोट भर भई नरदेशी बस्ने २२ बर्षिय अभय तुलधार, काठमाडौ नरदेवी बस्ने २७ बर्षिय अमित तुलाधर र काठमाडौ नरदेवी नै बस्ने १८ बर्षिय रोहित शाही रहेका छन् ।
पक्राउ परेका यी व्यक्तिहरुले यही पुुस १५ गते अपरान्ह तीन बजेको समयमा काठमाडौको मैतिदेवि स्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने काठमाडौ कपन बस्ने २५ बर्षिय प्रेम गजमेरले बजारबाट कलेक्शन गरेको नगद १ लाख ६६ हजार ९ सय १५ रुपैयाँ र सहकारीका अन्य कागजात तथा चेकबुक झोलामा राखी बाटोमा हिड्दै गर्दा चाबहिल स्थित ए वान क्याफे नजिक पुग्दा अपरिचित मानिसहरुको समुहले निजलाई खुकुरीले प्रहार गरि घाईते बनाई डर धाक धम्की दिई जबर्जस्ती रकम लुटपाट गरि फरार रहेको थिए । सो पश्चात महाशाखाबाट खटिएको प्रहरी टोलीले निरन्तर खोजतलास गर्ने क्रममा यि व्यक्तिहरुलाई लुटपाट गरि लगेको नगद, सहकारीका कागजपत्र, झोला तथा पिडितलाई प्रहार गरेको खुकुरी थान २ तथा चोरी गरेका चार वटा स्कुटर र एक थान मोटरसाइकल सहित पक्राउ गरेको हो, प्रहरी उपरीक्षक कार्कीले भने । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर, काठमाडौं, महानगरीय प्रहरी वृत्त,गौशाला पठाईएको उनले बताए ।
प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरि सो चोरी गरेको मोटरसाइकलसा. तथा स्कुटरको प्रयोग गरि चलिरहेको गाडिबाट बिभिन्न सरसामानहरुजस्तै चुरोट, कपडा, टि.भि. तथा अन्य ईलेक्ट्रोनिक्स सामान पटकपटक चोरी गरेको भन्ने बुझिन आएको हुँदा त्यस्ता घटनाको बारेमा समेत थप अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक कार्कीको भनाई छ ।
पक्राउ परेका पाँच जनाको साथबाट २६ हजार तीन सय २५ रुपैयाँ नगद, घटनामा प्रयोग भएको स्कुुटर एक थान, रामपुरी चक्कुु दुुई थान, जिक्सर मोटरसाईक एक थान, बिभिन्न कम्पनीका मोबाईल तीन थान, कालो रंगको डियो स्कुुटर एक थान, रातो रंगको डियो स्कुटर एक थान, बैंकको चेक लगायतका सामानहरु बरामद गरिएको छ ।

प्रतिक्रिया