धुलिखेलमा मोटरल्यान्ड सर्किट सञ्चालनमा

नेपालखोज २०७७ पुष १७ गते २०:०९

काभ्रे । काभ्रेको धुलिखेलमा हिमालयन मोटरल्यान्ड सर्टिक सञ्चालनमा ल्याइएको छ । अल्टिमेट हिमालयन मोटरल्यान्डले झन्डै साढे चार करोडको लगानिमा ३५ रोपनी जग्गामा निर्माण गरिएको सर्टिकको बिहीबार उद्घाटन गरि सञ्चालनमा ल्याएको हो ।

शुक्रबार मेयर एसोसिएसन अफ नेपालका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्यञ्जु, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालालगायतले सर्टिकको उद्घाटन गरेका थिए ।

सर्टिकमा अफ रोड र पिच गरेर दुईवटा ट्रयाक निर्माण गरिएको छ । अफ रोड १ हजार २ सय मिटर र पिच ट्रयाक ८ सय मिटरको रहेको छ । काभ्रेको धुलिखेलमा सञ्चालनमा ल्याइएको सर्किट स्पोर्टस् नेपालका लागि नौलो खेल हो । हिमालयन मोटर ल्याण्डले कार्ट, बाइक र कार रेससहित विभिन्न खेलको प्रदर्शन गर्दै उद्घाटन गरेको थियो ।

सर्टिक सञ्चालनका दौरान रेसमान्डु, क्रसमान्डु, अटो क्रस ¥याली, रेसनारी र गो कार्टको प्रदर्शनी खेल समेत राखिएको थियो । अन्तर्राष्ट्रिय खेलाडी रोनी भारतीले अटो जिमखाना प्रर्दशन गरेका थिए । हिमालयन मोटरल्यान्डले सन् २०२१ मा रेसमान्डु, क्रसमान्डु, अटो क्रस र्याली, रेसनारी, राष्ट्रिय कार्ट च्याम्पियनसिप र युथ कार्ट च्याम्पियनसिप आयोजना गर्ने बताइएको छ ।

औपचारीक कार्यक्रममा बोल्दै धुलिखेलका प्रमुख अशोक कुमार बेन्जुले युवा खेलाडी उत्पादनको लक्ष्यका साथ स्थापना भएको एकेडेमीका लागि वार्षिक १० लाख रुपैयाँ र हरेक वर्ष राष्ट्रिय च्याम्पियनसिप आयोजनाका लागि ५ लाख रुपैयाँ प्रदान गर्न नगरपालिका तयार भएको बताए ।

कार्यक्रममा मोटर साइक्लिङ र मोटर स्पोर्टसका ९ महिलासहित ४५ राष्ट्रिय खेलाडीलाई प्रमाण पत्र वितरण गरिएको थियो । जसमा अन्तराष्ट्र्रिय प्रतियोगितामा सहभागि भएको खेलाडी समेत रहेका छन् । नेपाल अटोमोबाईल संघ (नासा) ले पहिलो पटक राष्ट्रिय खेलाडीको मान्यता दिएको हो । नासा राखेपमा आबद्ध छ ।

सर्किटमा युवा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षण पनि सुरु गरिएको छ । व्यवसायिक मोटर स्पोर्टस र मोटर साइक्लिङका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सर्टिक सञ्चालनमा ल्याएको हिमालयन मोटरल्यान्डका अध्यक्ष अनिलकुमार बरालले जानकारी दिए ।

मोटरसाइकल विधाअन्तर्गत रेसमान्डु, क्रसमान्डु, मोटर स्पोट्र्स विधाअन्तर्गत अटो जिमखाना, काट्र्सअन्तर्गत युथ काट्र्स १४ वर्षमुनिका बालबालिकाको लागि साथै राष्ट्रिय काट्र्स च्याम्पियनसिप अनि विशेष नारीहरुको लागि रेसनारी खेलको विशेष डिजाइन गरिएको छ ।

प्रतिक्रिया