शुक्रबार, चैत १६, २०८०

चन्दा माग भएको भन्ने समाचार तथ्यहिन भएको परिसंघको भनाई

नेपालखोज २०७७ पुष २० गते १५:२४

काठमाडौं । नेपाल उद्योग परिसंघलाई राजनीतिक घटनासँग जोडेर चन्दा माग भएको भन्ने कपोलकल्पित तथा भ्रामक समाचार प्रकाशित भएकोमा परिसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही पत्रिका तथा त्यसलाई उद्दत गरेको भन्दै एक अनलाइन सञ्चार माध्यमले प्रकासन गरेको समाचार माथि ध्यानाकर्षण भएको परिसंघले जनाएको हो ।

यस सम्बन्धमा हाल चुनावी प्रयोजनका लागिकतैबाट कसैले चन्दा माग नगरेकोले योसँग जोडेका समाचार पूर्णतः काल्पनिक र तथ्यपूर्ण नरहेको स्पष्ट गर्न चाहान्छौँ, परिसंघले भनेको छ ।

परिसंघले सदैव नीतिगत स्थिरता र लगानीको वातावरणका लागि पैरवी गर्दै आएको पनि स्मरण गराउन चाहाने ध्यानाकर्षणपत्रमा भनेको छ । त्यसैले प्रेस जस्तो सम्मानित क्षेत्रका कतिपय पत्रिका तथा अनलाइनमा आउने यस्ता काल्पनिक खबरले निजी क्षेत्र, राजनीतिक दलहरु तथा सरकार बीचको आपसी सम्बन्धमा अविश्वास खडा गर्न नसक्ने पनि परिसंघको विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया