शुक्रबार, वैशाख १४, २०८१

गैँडाको खाग जस्तो देखिने वस्तु सहित पक्राउ

नेपालखोज २०७७ पुष २० गते १८:३५

कैलाली । बर्दगोरिया गाउँपालिका-४ छतिवन सामुदायिक वन नजिकबाट १ सय ७१ ग्राम ९ सय ६० मिलीग्राम तौल बराबरको गैँडाको खाग जस्तो देखिने वस्तु सहित सोही गाउँपालिका-५ बस्ने ५८ वर्षीय नयन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

संघीय प्रहरी ईकाइ कार्यालय धनगढीबाट खटिएको प्रहरीले ना.३ स ५७१८ नम्बरको अटो जाँच गर्नेक्रममा अटो पछाडी सिटमा सुन्तला राखेको झोलाभित्र लुकाएको उक्त वस्तु सहित अटोका चालक नयन बहादुरलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सुख्खड पठाइएको संघीय प्रहरी इकाई कार्यालय धनगढीले जानकारी दिएको छ ।

प्रतिक्रिया