बिहीबार, चैत १५, २०८०

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

नेपालखोज २०७७ पुष २० गते १८:४२

रामेछाप । मन्थली नगरपालिका ४ सालु पाखाबारीबाट सुन जस्तो देखिने पहेंलो धातुका विभिन्न गहना र नगद १ लाख ६३ हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडा बस्ने २८ वर्षीय सुरेश थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सालु रामेछापबाट खटिएको प्रहरीले थापाको साथबाट उक्त नगद तथा सुनजस्तो देखिने पहेंलो धातु २ पिस, ३० थान विभिन्न किसिमका गहनाहरु, १ थान लकेट, १ थान सिक्री, २ थान बाला, १ थान पहेलो धातुसँग रुद्राक्ष जोडिएको गलामा लगाउने माला, १ थान घडी, १ थान मोबाईल र लु.६८ प ६५६० नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया