शुक्रबार, वैशाख १४, २०८१

मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

नेपालखोज २०७७ पुष २० गते १८:५३

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजु स्थित सडक खण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाईकलसहित आईतवार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

नयाँबजार सडकखण्डबाट जिल्ला धादिङ्ग त्रिपुरासून्दरी गाउँपालिका वडा नं ५ चैनपुर बस्ने वर्ष २२ को आयुष थापा मगरलाई प्रदेश ३-०२-००८ प २६०७ नम्वरको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं लु ५२ प ७३३५ खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल मिति २०७६-०५-०६ गते काठमाण्डौ ठमेलस्थित भगवानबाहाल मन्दिर अगाडि पार्किङ्ग स्थलबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि कुमार राना मगरले निवेदन यस महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाले जनाएको छ ।

त्यस्तै, काठमाडौंको बालाजु सडकखण्डबाट जिल्ला दोलखा भिमेश्‍वर नगरपालिका वडा नं. ३ भिमफेदी घर भई हाल काठमाडौं रानिवन बस्ने वर्ष २४ को रोशन लामिछानेलाई बागमती प्रदेश ०२-०१७ प ३४४७ नम्वरको कालो रातो रंगको २२० सी.सी. को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको छ । उक्त नम्वरको मोटरसाईकल मिति २०७७-०८-१४ गते काठमाडौं बनस्थलीबाट हराएकोले खोज तलास गरि पाउँ भनि राम कृष्ण ढकालले हुलिया सहितको निवेदन यस महाशाखामा दिएको थिए ।

उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको छ । महाशाखाले यस पौष महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको छ ।

प्रतिक्रिया