बुधबार, वैशाख १२, २०८१

लगानी प्रवर्द्धन बोर्डको सदस्यमा गोल्यान नियुक्त

नेपालखोज २०७७ पुष २० गते २२:०३

काठमाडौं । उद्योगी पवन गोल्यान औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा नियुक्त भएका छन् । सरकारको मन्त्रीस्तरीय निर्णयबाट गोल्यान बोर्ड सदस्य बनेका हुन् ।

यस बोर्डमा राष्ट्रिय योजना आयोगका एक जना सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयहरुका सचिवहरु साथै केही निजी क्षेत्रका संगठनहरुका अध्यक्षहरु सदस्य रहने व्यवस्था छ । विज्ञ उद्योगीहरु मध्येबाट एक महिलासमेत गरी दुई जना नियुक्त गर्न सकिने व्यवस्था रहेको छ । सो अनुसार विज्ञ उद्योगीको रुपमा गोल्यान सदस्य नियुक्त भएका हुन् ।

औद्योगिक प्रवर्द्धन, लगानीको संरक्षण, अभिवृद्धि तथा औद्योगीकरण सम्बन्धी नीतिगत निर्णय गर्ने, साथै उद्योग सम्बन्धी कानूनको कार्यान्वयनमा कुनै बाधा, अड्काउ वा द्विविधा उत्पन्न भएमा त्यसको समाधानको लागि सहजीकरण गर्ने काम बोर्डले गर्दै आएको छ ।

बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया