शुक्रबार, चैत १६, २०८०

नेप्सेमा झण्डै १६ अंकले वृद्धि, पाँच अर्ब ८७ करोडको सेयर किनबेच

नेपालखोज २०७७ पुष २३ गते १६:१७

काठमाडौं । नेप्से आज पनि बढेको छ । अघिल्लो दिन १३ दसमलव सात अंकले बढेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार १५ दसमलव ९१ अंकले बढेर २१ सय ९४ दसमलव ४८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव आठ अंकले बढेर चार सय २१ दसमलव २२ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय आठ वटा कम्पनीहरुको ५० हजार नौ सय ३३ पटकको कारोवारमा एक करोड १७ लाख ६७ हजार चार सय ९२ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार दुई सय ७९ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा अन्य समुहको सुचक घटेपनि बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १३ दसमलव चार अंकले बढेर १६ सय ६० दसमलव ५५ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि १० दसमलव ६४ अंकले बढेर १६ सय ७२ दसमालव १९ अंकमा चढेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि एक सय ४४ दसमलव ८६ अंकले बढेर १० हजार ७६ दसमलव ३७ अंकमा चढेकोमा जीवन बीमा बिकास बैंक, लघुबित्त, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

आज मल्टीपर्पोस फिनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक सय ६५ रुपैयाँमा कारोवार हुँदा एभरेष्ट बैंकको कन्र्भटेवल प्रिफरेन्सकाे प्रतिकित्ता सेयर मुल्य तीन दसमलव ८१ प्रतिसतले घटेर सात सय छ रुपैयाँमा कारोवार भएको छ । आज रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रभु बैंकको प्रतिकित्ता तीन सय ८७ रुपैयाँ अन्तिम मुल्यमा ३१ करोड ७१ लाख ३६ हजार २७ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया