शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्री ओली धनगढीमा

नेपालखोज २०७७ पुष २४ गते १३:०६

काठमाडौं । प्रधानमन्त्री केपी ओली धनगढी पुगेका छन् । श्री एअरलाइन्सको जहाजबाट केही बेरअघि उनी धनगढी पुगेका हुन् । प्रतिनिधिसभा विघटन र पार्टी विभाजनपछि आफूनिकट समूहले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न शुक्रबार प्रधानमन्त्री ओली धनगढी गएका हुन् । बिहान ८ः१५ बजे धनगढी जाने कार्यक्रम भएपनि हुस्सु लागेकाले ११ बजेपछि मात्र प्रधानमन्त्री ओली धनगढी उडेका हुन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा धनगढीको खुलामञ्‍चमा जनसभा हुँदैछ । कार्यक्रमलाई लक्षित गरी सशस्त्र र नेपाल प्रहरीका एक हजार जना सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले विमानस्थलदेखि खुलामञ्चसम्म कडा सुरक्षा पारिएको छ ।कार्यक्रममा प्रदेश कमिटीका नेताहरुले पनि सम्बोधन गर्नेक्रम छ ।

संघीय सरकारका सुदूरपश्चिमबाट चार‍जना मन्त्री छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला मन्त्री गणेशसिंह ठगुन्ना पनि धनगढीको कार्यक्रम सफल बनाउन सुदूरपश्चिम पुगेर लागिपरेका थिए ।

प्रतिक्रिया