शुक्रबार, वैशाख १४, २०८१

डिशहोममा शनिबार हलिउड फिल्म फ्लाइट १९२ प्रसारण हुँदै

नेपालखोज २०७७ पुष २४ गते १५:१३

काठमाण्डौं । डिशहोम नेटवर्कमा पुस २५ गते शनिबारदेखि हलिउड चलचित्र फ्लाइट १९२ प्रसारण हुँदैछ ।

डिशहोमको च्यानल नम्बर–१०२ रियालिटी टिभीमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । डिशहोममा अबदेखि हरेक शनिबार अपराह्न २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुने डिशहोम व्यवस्थापनले जनाएको छ ।

रियालिटी टिभी डिशहोमको बेसिक प्लसप्याकेजदेखि उपलव्ध गराइएको छ । नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा डिशहोमले ल्याएको हो ।

प्रतिक्रिया