शनिबार, माघ १२, २०८१

प्रधानमन्त्रीको सभामा ‘निर्मला पन्तलाई न्याय माग्‍ने’ युवा पक्राउ गरेकोप्रति देउवाको आपत्ति

नेपालखोज २०७७ पुष २५ गते ८:०६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धनगढीमा भएको प्रधानमन्त्रीको सभामा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाएका युवाहरुलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्।

Advertisement

देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत् शान्तिपूर्ण प्रर्दशनमा रहेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको टिप्पणी गरेका छन् ।

‘धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनीय छ‚’ देउवाले लेखेका छन्‚ ‘दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य र मान्यताविपरीत हो । पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु ! ’

प्रतिक्रिया