बिहीबार, माघ १०, २०८१

साउदीका राजाले पनि लगाए कोरोनाविरूद्धको खोप

नेपालखोज २०७७ पुष २५ गते ९:३१

दोहा । साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीज अल सउदले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । यसघि त्यहाँका राजकुमार लगायत अन्य बिशिस्ट अधिकारीहरुले खोप लगाईसकेका छन् ।

Advertisement

महामारीको सुरुदेखि अहिलेसम्म नागरिकहरुलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेर सहयोग पुर्‍याएकोमा राजा सलमानलाई त्यहाँका स्वास्थ्य मन्त्री डा. तौफिक बिन फौजान अल रबियाहले धन्यवाद दिएका छन् ।

यस्तै साउदीले कोरोना भ्याक्सिन लिएकाहरूलाई ‘हेल्थ पासपोर्ट’ जारी गर्ने भएको छ । त्यहाँ अहिलेसम्म १ लाख ३७ हजार जनाले भ्याक्सिन लगाईसकेका छन भने दशौं लाखले भ्याक्सिनका लागि नाम दर्ता गराएका छन् ।

त्यहाँ हालैका दिनहरूमा नयाँ संक्रमितको संख्या सय भन्दा कम हुने गरेको छ । साउदीमा कार्यरत नेपालीसहित अन्य आप्रवासी कामदारहरुलाई पनि यो खोप निस् शुल्क रुपमा लगाईरहेका छन् ।

प्रतिक्रिया