शुक्रबार, वैशाख १४, २०८१

बागमती सफाइ ४ सय हप्तामा

नेपालखोज २०७७ पुष २५ गते १३:०१

काठमाडौं । सफाइ जागरणको प्रेरणाको स्रोत बन्न सफल बागमती सफाइ महाअभियान शनिबारदेखि ४ सय हप्तामा प्रवेश गरेको छ ।

५ जेठ २०७० मा तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको अग्रसरतामा यो अभियान सुरुवात भएको थियो ।

सुरु भएदेखि आजसम्म प्रत्येक हप्ताको शनिबार बिहान ७ देखि ९ बजेसम्म ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीले नदीमा सफा गर्दै आएका छन् ।

यसबीचमा चिसो, गर्मी, भूकम्पको त्रास, कोरोना महामारी, चाडपर्वजस्ता दिन पनि महाअभियान रोकिएको छैन ।

सफाइबाट अहिलेसम्म २० हजार मेट्रिकटन फोहोर नदीबाट निकाली व्यवस्थापन गरिएको छ ।

काठमाडौं महानगरपालिकालगायत पालिकाले फोहोर व्यवस्थापन गर्ने गरेका छन् ।

सफाइ महाअभियानमा १० लाख स्वयंसेवीले काम गरेका छन् ।

प्रतिक्रिया