शुक्रबार, वैशाख १४, २०८१

हेटौँडामा एक पुरुष मृत फेला

नेपालखोज २०७७ पुष २६ गते १०:३५

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आइतबार बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन ।

बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया