मुक्तिनाथ विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौं : मुक्तिनाथ विकास बैंकले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले शनिवार वार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।
आ.व. ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४ दशमलव २५ प्रतिशत नगद लाभांश र ११ दशलव २५ प्रतिशत बोनस सेयरसहित कुल १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको जनाएको छ ।
बैंकले कोरोना (कोभिड १९) महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराइएको थियो । सभामा बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले आर्थिक वर्षको २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीले सल्लाह, सुझाव र जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया