शनिबार, वैशाख १५, २०८१

बजाज डोमिनार २५० नेपालमा, मूल्य ४ लाख ९० हजार

नेपालखोज २०७७ पुष २६ गते १२:३७

काठमाडौं । बजाजको डोमिनार २५० मोटरसाइकल नेपालमा सार्वजनिक गरिएको छ । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ बजाज डोमिनार २५० नेपालमा ल्याएको हो । यो मोटरसाइकलको बजार मूल्य ४ लाख ९० हजार रुपैयाँ रहेको छ ।

क्यान्योन रेड र चार्कोल ब्ल्याक रङमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्ट्स मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषता रहेको कम्पनीले जनाएको छ ।

यसको रोबष्ट क्लेमलाई सपोर्ट गर्नको लागि बजाज डोमिनार २५० मा २४८।७७ सीसी एफआई इन्जिनको पावर छ । जसले २७ एएस र २३.५ एनएमको पिक टर्क्यु जेनेरेट गर्छ । यसका साथै, यसमा एकल–सिलेन्डर, लिक्युड–कुल्ड, ट्युनस्पार्क, ४–स्ट्रोक, ४–भ्याल्भ छ ।

डोमिनार २५० मा १३२ किमिप्रति घण्टासम्मको स्पीड रहेको र यो १०.५ सेकेन्डमा ०।१०० किमि प्रतिघण्टाको स्पीडसम्म कुद्न सक्ने कम्पनीले जनाएको छ ।

यसको मोजेक आकारको डिजाइनको साथ रहेको फुल एलइडी हेडल्याम्प र अटोम्याटिक हेडल्याम्प अन प्रविधि रहेको जनाइएको छ । “स्पेसक्राफ्टबाट प्रेरित ट्यांक प्याड डिकेल्स र ट्वीन–ब्यार्रेल एकजष्ट साँच्चै नै प्रभावकारी छ । चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । यसको सेकेन्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ,” कम्पनीले भनेको छ ।

यसमा चालकको सुरक्षाको लागि लामो दूरीको यात्राको दौरान गेयरलाई सुरक्षित राख्ने काम सिटको मुनि बन्जी स्ट्राप्सले गर्ने जनाइएको छ ।

यस बाइकमा सस्पेन्सन ड्युटीको लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम ब्हील स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनो–शक छ । यसमा १७ इन्चको ट्युबलेस टायर्स छ । यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबीएसमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया