बिहीबार, चैत ६, २०८१

इन्डोनेशिया विमान दुर्घटनाः सवार सबैको मृत्यु भएको आशंका

नेपालखोज २०७७ पुष २६ गते १२:४२

एजेन्सी । इन्डोनेशियामा शनिबार साँझ भएको श्रीविजाया एयरको विमान दुर्घटना भएको स्थान पहिचान भएको छ । ६२ जना सवार बोइङ ७३७ विमान जकार्ता नजिकको टापु आसपासमा दुर्घटनामा परेको भेटियो ।

Advertisement

राजधानी जकार्ताबाट पोन्तिएनाकका लागि उडेको केहीबेरमै विमान दुर्घटनामा परेको हो । प्रत्यक्षदर्शीहरूले विष्फोटन भएको देखेको बताएका छन् । उडान भरेको चार मिनेटपछि नै विमान राडारबाट हराएको थियो ।

विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए । विमान २७ वर्ष पुरानो भएको बताइएको छ ।

प्रतिक्रिया