अनिश्चितकालका लागि अन्त्य हुँदै राष्ट्रियसभा !
राष्ट्रियसभा अन्त्यका लागि प्रधानमन्त्रीद्वारा राष्ट्रपति भण्डारी समक्ष सिफारिस
नेपालखोज
२०७७ पुष २६ गते १३:२५
काठमाडौं । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन स्थगित गर्ने सिफारिस राष्ट्रपतिलाई गर्ने निर्णय गरेको छ ।
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकश्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
उनका अनुसार आइतबार राति १२ बजेपछि राष्ट्रियसभा अनिश्चितकालका लागि स्थगित गर्ने सिफारिस राष्ट्रपति समक्ष पठाउने निर्णय गरिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । संविधान अनुसार राष्ट्रियसभाको बैठक ६ महिनाभित्र बोलाउनुपर्ने हुन्छ ।
सम्बन्धित
प्रतिक्रिया