शुक्रबार, वैशाख १२, २०८२

बहुमतलाई खण्डित गर्ने प्रयास भएपछि संसद् विघटन गर्नुपर्‍यो : प्रधानमन्‍त्री ओली

नेपालखोज २०७७ पुष २६ गते १४:०६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद‌मा रहेको बहुमतलाई खण्डित गर्ने प्रयास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । संसदको माथिल्लो सदन राष्ट्रियसभामा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकल बहुमतलाई खण्डित गर्ने षड्यन्त्र सुरु भएपछि आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।

‘‘मैले धेरै प्रयास गरें, भरसक पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो, सरकार परिवर्तन भइरहने अवस्थालाई स्थायित्व र स्थिरता भनिँदैन,’’ ओलीले भने, ‘‘तर केही पनि काम हुन दिइएन । गत असारदेखि पुस ४ गतेसम्म सरकारलाई कमजोर पार्ने मात्र २८० वटा बैठक भएछन् ।’’ उनले सरकारलाई काम गर्न नदिएका कारण ५ वर्ष चल्नु पर्ने प्रतिनिधि सभा त्यसअघि नै विघटन गर्नुपरेको बताए ।

‘जनताको इच्छा थियो पाँच वर्ष सरकार टिकोस्, पाँच वर्ष सरकार टिकोस् भन्ने हो, सरकार परिवर्तन होस् भन्ने होइन जनताको इच्छा’, उनले भने ।

उनले सरकारविरुद्ध अनेक षड्यन्त्र भएको बहुमतलाई टुक्राउने, खण्डित गर्ने र ध्वस्त पार्ने काम भएको र संविधान र गणतन्त्र गै गलत छ भन्ने दिशातर्फ जान थालेको आरोप लगाए ।

‘हामीले सोचेका थियौँ प्रतिनिधि सभा पाँच वर्ष चल्ने छ र यसमा विनाविग्रह प्रतिनिध सभाले आफूलाइ लगातार देश र जनताको सेवामा संविधान, गणतान्त्रको रक्षा र कार्यान्वय सन्दर्भमा विना व्यवधान काम गर्न पाउने छ र हामी त्यसरी काम गरेर अगाडि जाने छौँ भन्ने सोचेका थियौँ’, उनले भने ।

उनले जनविश्वासअनुसार आफूलाई काम गर्न नदिएको सधै झमेला सिर्जना गर्ने, व्यक्तिगत आकांक्षाका कारण देशलाई अघि बढ्न नदिएको उनले बताए ।

उनले स्वस्थ र अलोकतान्त्रिक गठजोड हुन थालेको र देशलाई पुनः अस्थिरतातर्फ धकेल्न खोजेको बताए ।

प्रतिक्रिया