राष्ट्रिय सभा सदस्यद्वारा ओलीलाई सुझाव- गेस पेपर होइन, संविधान पढ्नुस्
नेपालखोज
२०७७ पुष २६ गते १५:०१
काठमाडौं । राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गेसपेपर होइन, संविधान पढ्न सुझाव दिएका छन् ।
आइतबार प्रधानमन्त्री ओलीले सम्बोधनपछि प्रश्न राख्ने क्रममा उनले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक भएको बताए ।
‘जतिसुकै तर्क गरे पनि संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक छ । अत्यन्तै खेदजनक छ । गेसपेपर पढेर भएन प्रधानमन्त्रीज्यू, संविधान पढ्नुपर्यो’, उनले भने ।
‘मृत्युपर्यन्त आँखा दान गरेको, यो त मर्ने चिज रहेछ भनेर मारेरै आँखा निकालियो । संसद्को विघटन पनि यस्तै भयो । संविधान च्यातेर निर्वाचन कसरी हुन्छ ? नहर भत्काएर रोपाइँ गर्न जा भनेजस्तो भएन ? नहर नबनेसम्म रोपाइँ हुनसक्दैन’, उनले भने ।
पन्थले संविधान बचे चुनावमा जाउँला भन्दै चुनाव त राजाले पनि गर्छु भनेको सम्झाए ।
सम्बन्धित
प्रतिक्रिया