कोरोना अपडेट : थप तीन जनाको मृत्यु, ३६२ जनामा संक्रमण पुष्टि
नेपालखोज
२०७७ पुष २६ गते १६:४८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीबाट आज थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय १२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा चार हजार दुई सय ८६ जनाको पीसीआर गरिएका मध्ये ३६२ जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा आइतबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६४ हजार १५ सय २१ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६९९ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५७ हजार ९ सय २८ पुगेको छ । हालसम्म क्वारेन्टिनमा २६२ जना छन् भने ४ हजार ६ सय ८१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया