शुक्रबार, चैत ७, २०८१

आजको माैसमः राति हल्का वर्षाको सम्भावना

नेपालखोज २०७७ पुष २७ गते ८:३९

काठमाडाैं । विगत केही दिनदेखि काठमाडाैं उपत्यकामा दिउँसो गर्मी अनुभव हुन थालेको छ ।

Advertisement

पुसमा नै गर्मी भएको भन्दै धेरै अचम्ममा परेका छन् । हिजोको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस र आज बढेर २४ डिग्री सेल्सियस पुग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अबको केही दिनसम्म काठमाडाैंको तापक्रम यही हाराहारीमा रहने महाशाखाका बताएकाे छ ।

महाशाखा अनुसार आज (सोमबार) बिहान प्रदेश १ र प्रदेश २ का केही स्थानमा माैसम आंशिक बदली छ। दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का एक दुई स्थाानमा हल्का वर्षाको सम्भावाना छ भने बाँकी अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले देशका विभिन्न भूभागमा बिहानको न्यूनतम तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका केही भूभागमा बिहानको समयमा हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरो गरेकाे छ ।

प्रतिक्रिया