मंगलबार, चैत ११, २०८१

देशको आवश्यकता अनुसार हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्छ : राप्रपा नेता प्रधान

नेपालखोज २०७७ पुष २७ गते १०:५२

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानले जनताको चाहना र राष्ट्रको आवश्यकता अनुसार हिन्दू राष्ट्र पुनर्स्थापना गर्नु वाञ्छनीय रहेको बताएका छन्।

Advertisement

नवलपरासीको महेशपुरमा निकालिएको विरोध र्‍यालीलाई आज बिहान सम्बोधन गर्दै उनले हिन्दू राष्ट्रको मागसहित देशव्यापी जनलहर उर्लिएको बताए। देश र जनताको चाहना अनुसार हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्ने उनले बताए।

“प्रजातन्त्र भनेकै जनताको शासन हो र प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य छ,” उनले भने, “त्यसैले हिन्दू राष्ट्रको माग गर्दै देशव्यापी उर्लेको जनलहरको कदर गरेर देशमा हिन्दू राष्ट्र् पुनर्स्थापना गर्न जरूरी भएको छ।” प्रदर्शनमा सहभागीहरूले राजसंस्था, हिन्दू राष्ट्र, भ्रष्टाचार नियन्त्रण र प्रतिनिधिसभा विघटनको विरुद्धमा नारा लगाएका थिए।

प्रतिक्रिया