लघुबित्त संस्थाहरुले पनि एक मुष्ठरुपमा पुनर्कर्जा पाउने
काठमाडौं । लघुबित्त बित्तीय संस्थाहरुले यही माघ १२ गतेसम्ममा एक मुष्ठरुपमा प्रदान गरिने पुर्नकर्जाको लागि आवेदन दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैकले आज लघुबित्त बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दे आगामी माघ १२ गतेसम्ममा पुर्नकर्जाको लागि आवेदन दिन समयसिमा तोकेको हो ।
नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यबिधी २०७७ अनुसार एक मुष्ठरुपमा प्रदान हुने साधारण पुर्नकर्जाको लागि आवेदन दिन आव्हान गरिएको हो, राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैककाअनुसार संस्थाले माग गर्ने कुल पुर्नकर्जाको रकम संस्थाको अघिल्लो त्रैमासको पुंजीकोषको अधिकतम ६५ प्रतिशतसम्म हुनु पर्नेछ ।
त्यसैगरी आवेदन पेस गर्ने संस्थाको अघिल्लो त्रैमासको पुंजीकोष अनुपात राष्ट्र बैकले तोकेको सिमाभित्र रहेको हुनुपर्ने छ । यसका अतिरिक्त पुंजी योजनाअनुसार चुक्ता पुंजी पुगेको हुनुपर्ने, बिगत तीन बर्षदेखि संस्थाका सञ्चालक समितीका पदाधिकारीहरु तथा प्रमुखलाई कुनै कारवाही नभएको हुनुपर्ने, आफ्नो कार्यक्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेको हुनुपर्ने, बिगत एक बर्षमा राष्ट्र बैंकबाट सिघ्र सुधारात्मकलगायत कुनैपनि कारवाहीमा नपरेको हुनुपर्ने, पुर्नकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पुर्ण ऋणीको व्याजदर कम हुनेगरी व्याजदरमा समायोजन गरेको हुनुपर्नेलगायतका प्रावधानहरु तोकिएका छन् ।
प्रतिक्रिया