कोरोना खोपका लागि १६ हजार खोप केन्द्र बनाउँदै सरकार
नेपालखोज
२०७७ पुष २७ गते १५:३०

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोपका लागि १६ हजार खोप केन्द्र बनाउने भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हृदयेश त्रिपाठीले सो कुराको जानकारी दिएका हुन् । मन्त्री त्रिपाठीले खोप कार्यक्रमका लागि ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने बताए ।
खोप आयातका लागि विभिन्न कार्यहरु भइरहेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले ढुक्क हुन आग्रह गरेका छन् ।
त्यस्तै खोप विकास गर्ने राष्ट्रका राजदूतहरुसँग छलफल गरेको उनले बताए । भारत, रुस र यूएईका राजदूतसँग मैले छलफल गरे उनले बताए ।
मन्त्री त्रिपाठीले खोप प्राप्त गरेको ७ दिनभित्रै खोप कार्यक्रम सुरु गर्न तयार रहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया