राष्ट्रको नायकप्रति श्रद्धाञ्जलि दिन दिइएन : मनिषा कोइराला

काठमाडौं । बलिउड अभिनेत्री तथा सामाजिक अभियन्ता मनिषा कोइरालाले आफूलाई राष्ट्रको नायकप्रति श्रद्धाञ्जलि दिन नदिइएको गुनासो गरेकी छन् ।
सोमबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबारतर्फ जाँदै गर्दा मनिषालाई भद्रकालीमै रोकिएको हो ।
उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने–‘मलाई भद्रकालीमा रोकियो, राष्ट्रको नायकप्रति श्रद्धाञ्जलिसम्म दिन दिइएन ।’
शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि दिन प्रशासनले अवरोध गरेको छ ।
केही दिनअघि देखि नै पृथ्वी जयन्तीका दिन मनिषाले सबैलाई एकताबद्ध हुन आग्रह गर्दै पृथ्वीनारायण शाहको स्मरण गर्न र उनीप्रति सम्मान व्यक्त गर्न आह्वान गरेकी थिइन् ।
सोमबार पृथ्वी जयन्तीका दिन रत्नपार्कबाट एउटा समूहको नेतृत्व गरी पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि दिन सिंहदरबारतर्फ जाँदै गर्दा मनिषालाई भद्रकालीमै रोकिएको थियो ।
भद्रकालीबाट प्रहरीले सानो समूहबाट मात्र मानिसहरुलाई सिंहदरबारतर्फ जान दिएको थियो । सहभागीहरुका अनुसार श्रद्धाञ्जलिका लागि तयार गरिएका मालाहरु चुँडालिएका थिए भने प्रहरीले सहभागीहरुलाई भद्रकालीमै अवरोध गरेको थियो ।
पृथ्वी जयन्तीका दिन धेरै मानिस भेला हुन नपाउन् भनेर प्रशासनले गरेको नियोजित षड्यन्त्र भएको सहभागीहरुले भनेका छन् ।
पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि दिँदै मनिषाले सिंहदरबारमा आफ्ना केही अभिव्यक्ति राख्ने तयारीसमेत गरेकी मनीषाले ‘मैले राष्ट्रनायकप्रति श्रद्धाञ्जलि दिन चाहेको थिएँ, तर प्रशासनले रोक्यो ।’
प्रतिक्रिया