बिहीबार, वैशाख १३, २०८१

कुवेतमा १९ नोभेम्बरदेखि एक नेपाली सम्पर्कविहीन

'स्थिति सार्वजनिक गरि दिन परिवारद्वारा अनुरोध'

नेपालखोज २०७७ पुष २७ गते १७:०५

कुवेत । नेपाली युवाहरूको राम्रो रोजगारी गन्तव्य मानिएको कुवेतमा पुनः अर्को एक जना नेपाली श्रमिक सम्पर्कविहीन भएका छन् । प्राप्त जानकारी अनुसार नेपालको सप्तरी जिल्ला बोदेबर्साईन नगरपालिका खमगडा घर भइ ८ वर्षदेखि कुवेतको अल सामसिय कम्पनीमा कार्यरत लक्ष्मी शाह नाम गरेको नेपाली श्रमिक गत १९ नोभेम्बर २०२० देखि हराइरहेको कुरा सोही कम्पनीमा कार्यरत रहि एउटै कोठामा बस्ने भागवत शाहले जानकारी गराएका हुन् ।

विगत ८ वर्षदेखि कुवेतमा कार्यरत शाह डिउटी सकेर फरवानियामा रहेको कम्पनीको क्याम्पमा फर्केपछि साँझ पख तरकारी लिन निस्किएकोमा त्यसपछि कोठामा फर्केनन् भने अहिलेसम्म पनि सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

उनका साथी भागवतका अनुसार १९ नोभेम्बर २०२० का दिन डिउटीबाट कोठामा आएपछि भागवत पुनः अर्को डिउटीमा गएर साँझपख कोठामा फर्कदा लक्ष्मीलाइ नभेटे पछि फोन गर्दा फोन रिङ गए पनि फोन नउठाएकोले कतै बाहिर गएको होला भन्ने ठानी खाना खाएर सुतेको र राती २ बजे डिउटी जानु पर्ने मानिस डिउटी जाने समयसम्म पनि कोठामा नआएपछि कम्पनीमा खबर गरेको बताउँछन् । नोभेम्बर २० तारिक बिहान ६ बजेसम्म फोन रिङ गइरहेको थियो । त्यसपछि फोन स्विच अफ भएको भागवत बताउँछन् । एउटै गाउँमा घर भइ कुवेतमा समेत एउटै कम्पनीमा कार्यरत भगवतका साथी लक्ष्मी शाह अहिलेसम्म पनि न त कुवेत न त नेपाल कतै कसै सँग पनि सम्पर्कमा छैनन् ।

उनको खबर नपाउँदा नेपालमा परिवारजन निकै तनावमा रहेका छन् भने नेपालमा रहेका लक्ष्मी शाहको छोरा पर्ने युवानन्द शाहका अनुसार लक्ष्मी हराएको खबर कम्पनी र दूतावासमा समेत जानकारी गराए पनि कहिँ कतैबाट खबर अहिलेसम्म कुनै खबर नपाएको बताउँछन् ।

यस विषयको बारेमा नेपाली राजदूतावास कुवेतमा सम्पर्क गर्दा मानिस हराएको बारेमा सम्पर्कविहिन भएका लक्ष्मी शाहको परिवारबाट उनको स्थिति सार्वजनिक गरिदिन अनुरोध आएको जनाउँदै दूतावासले कामदार कार्यरत कम्पनीलाई कामदारको स्थिति सार्वजनिक गर्न ताकेता गरेको तथा दूतावासको तर्फबाट पनि अस्पतालहरू तथा प्रहरीमा बुझ्ने काम भएकोमा अहिले सम्म कहिँ कतै नभेटिएको र खोजी कार्य जारी रहेको जानकारी दूतावासले दिएको छ ।

यदि यहाँहरू कोही कसैले लक्ष्मी शाहलाइ देख्नु वा भेट्नु भएमा कुवेतस्थित लक्ष्मी शाहका साथी भागवत शाहको WhatsApp नं. +96565838797 वा नेपालमा रहेका आफन्त युवानन्द शाह को WhatsApp नं.+9779862268025 मा सम्पर्क गरि जानकारी गरिदिनु हुन वा नेपाली राजदूतावास कुवेतमा जानकारी गराइदिनु हुन सबैमा अनुरोध गरिन्छ ।

प्रतिक्रिया