अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट बराबरी
नेपालखोज
२०७७ पुष २८ गते ११:१७

एजेन्सी । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट सोमबार पाँचौं दिन बराबरीमा टुंगिएको छ । जितका लागि ४ सय ७ रनको कठिन लक्ष्य पाएको भारतले आफ्नो दोस्रो इनिङ्समा पाँच विकेट गुमाएर ३ सय ३४ रन बनायो ।
भारतका लागि हनुमा बिहारीले २३ र रविचन्द्रन आश्विनले ३९ रन बनाए । उनीहरूले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गरे ।
बिहारीले चोटसँग संघर्ष गर्दै बहादुरीपूर्वक ब्याटिङ गरे । पाँचौं दिनको सुरुमा आक्रामक रहेको भारतले अन्त्यतिर भने बराबरीका लागि खेले ।
यसअघि पाहुना टिमका लागि रिसव पन्तले ९७ रन बनाए र शतक बनाउनबाट तीन रनले चुके । यस नतिजासँगै चार टेस्टको सिरिज १–१ को बराबरीमा रह्यो ।
अब चौथो तथा निर्णायक टेस्टमा रोमाञ्चक प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया