पछिल्लो २४ घण्टाको अवधिमा विश्वमा हालसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु
नेपालखोज
२०७७ पुष २९ गते ८:१८

काठमाडौं । पछिल्लाे २४ घण्टामा विश्वभर हालसम्मकै सबैभन्दा धेरै १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको छ ।
उक्त अवधिमा ६ लाख ५१ हजार ५ सय २९ संक्रमित थपिएका छन् भने हालसम्म ९ करोड १९ लाख ७६ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ४ सय १६ पुगेको छ ।
त्यस्तै सक्रिय संक्रमित २ करोड ४२ लाख ७ हजार ८ सय ८२ जनाको उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ५८ लाख ६८२ जनाले कोरोनालाई जितेका छन् ।
सम्बन्धित
प्रतिक्रिया