बिहीबार, माघ १०, २०८१

भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

नेपालखोज २०७७ पुष २९ गते ८:३९

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ । पछिल्लाे २४ घण्टामा १४ हजार ८ सय ९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८ सय ११ पुगेको छ ।

Advertisement

त्यस्तै बितेको २४ घण्टामा १ सय ७८ संक्रमितको मृत्यु भएको छ भने हालसम्म भारतमा १ लाख ५१ हजार ५ सय ४२ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लाे तथ्यांक अनुसार हाल २ लाख १६ हजार ३ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म भारतमा १ करोड १ लाख २६ हजार ९ सय १३ संक्रमितले कोरोनालाई जितेका छन् ।

प्रतिक्रिया