सोमबार, पुष २९, २०८१

बीस वकिलले प्रधानमन्त्रीको पक्षमा बहस गर्ने

नेपालखोज २०७७ पुष २९ गते ११:०४

काठमाडाैं । संसद् विघटनविरूद्ध परेका रिटमाथिको बहसमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको पक्षमा सरकारी र निजी वकिल सहित बीस जना भन्दाबढीले बहस गर्ने भएका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेको संसद विघटनविरूद्ध १३ वटा रिट परेका छन् । त्यस मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ । इजलासमा प्रधानन्यायाधीशसहित पाँच जनाको समूह छ । महान्यायाधीवक्ता अग्नि खरेलले नेतृत्व गर्ने सरकारी वकिलको समूहमा चार नायब न्यायाधीवक्ता र अरू सहन्यायाधीवक्ता सहित ओलीको पक्षमा बीस जना सदस्य छन् ।

सो समूहमा नायब महान्यायाधीवक्ता पदमप्रसाद पाण्डे, नारायणप्रसाद पौडेल, विश्वराज कोइराला र टेकबहादुर घिमिरे रहेका छन् भने सहन्यायाधीवक्ताहरू श्यामकुमार भट्टराई, सञ्जीवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र दशरथ पंगेनी रहेको पदमप्रसाद पाण्डेले जानकारी दिए । यो समूहले प्रधानमन्त्री र राष्ट्रपतिको पक्षमा बहस पैरवी गर्नेछ । प्रधानमन्त्री ओलीको पक्षमा बहस गर्ने वकिल थपिँदै जान सक्ने वरिष्ठ अधिवक्ता पन्तले बताएका छन् ।

प्रतिक्रिया