मन्त्री भट्टलाई डडेल्धुरामा कालो झण्डा
नेपालखोज
२०७७ पुष २९ गते १४:०१

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा कालो झण्डा देखाएर विरोध गरिएको छ ।
सत्तारुढ नेकपाको कार्यक्रमका लागि डडेल्धुरा पुगेका भट्टलाई प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । बाटोमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले स्कटिङ गरेको थियो । भट्टको विरोधमा उत्रिएकालाई प्रहरीले हटाएको थियो ।
भट्टको विरोधमा उनीहरुले चर्को नाराबाजी गरेका थिए । भट्टलाई ‘लाल गद्धार’को संज्ञा दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया