आइतबार, असार २९, २०८२

पेशाले भेडा गोठाला रहेका घले दुर्लभ बन्यजन्तु बाघको छाला सहित पक्राउ

नेपालखोज २०७७ पुष २९ गते १४:२५

काठमाडौं ।पेशाले भेडा गोठाला रहेका एक व्यक्ति दुर्लभ बन्यजन्तु बाघको छाला कारोबार गरेको अभियोगमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवका सुचना अधिकृत प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार लम्जुङ दुधपोखरी घर भई हाल काठमाडौको तारकेश्वर न.पा. वडा न ९ मनमैजु बस्ने बृस राज घलेलाई पक्राउ गरिएको हो ।

काठमाण्डौ तारकेश्वर न.पा. वडा न. ९ मनमैजु बालाजु एरियामा प्रतिबन्धित दुर्लभ बाघको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागि लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा मंगलबार लम्जुङ दुधपोखरी घर भई काठमाडाैं जिल्ला तारकेश्वर न.पा. वडा न ९ मनमैजु बस्ने बृस घलेलाई पक्राउ गरेका हौ, सुचना अधिकृत कार्र्कीले भनेका छन् । पक्राउ परेका घलेको कोठाबाट अन्दाजी छ फिट दुुई ईन्च लम्बाई र एक फिट दुुई ईन्च चौडाई भएको प्रतिबन्धित बाघको छाला बराद भएको छ ।

बिक्रि वितरण गर्ने उदेश्यले उक्त छाला लिई आएकामा प्रतिबन्धित छाला सहित महानगरीय अपराध महाशाखाबाट खटि गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहिको लागि जिल्ला बन कार्यालय हात्तिसार,काठमाडौं पठाईएको उनले बताए । पेशाले भेडा गोठालो रहेका ५३ बर्षिय घलेको साथबाट एक थान बाघको छाला सहित एउटा मोवाईल समेत बरामद भएको छ ।

प्रतिक्रिया