आइतबार, चैत ९, २०८१

पुसे औंसी पितृहरुसँग आशीर्वाद मागेर मनाइयो

नेपालखोज २०७७ पुष २९ गते १६:०५

काठमाडौं । आज पुसे औंसी पितृ कर्मका लागि पवित्र दिन थियो । यो पर्व देशका विभिन्न स्थानमा पितृहरुलाई सम्झेर र आशीर्वाद मागेर मनाइयो ।

Advertisement

योे दिन श्रद्धापूर्वक पितृहरुको तृप्तिका लागि श्राद्ध, दान लगायतका कर्म गर्ने दिन हो । आज गोकर्णेश्वर, गोसाइँकुण्ड, मुक्तिनाथ, कागवेनी, देवघाट, बराहक्षेत्र, कोका, कौसिकीलगायतका स्थानमा श्राद्ध गर्नेहरुको घुइँचो लागेका थियो । यसै गरी नुवाकोटको देवीघाट, एवं बेत्रावतीमा पनि श्रद्धालुहरुको घुँईंचो लागेको थियो ।

पुसे औंसीलाई सोह्र श्राद्धभन्दा पनि पवित्र दिन मानिन्छ । मसान्तको दिन परेको औंसी पर्वलार्ई धर्मशास्त्रमा राम्रो मानिन्छ । पुसे औंसीको दिन दिनभरी नै श्राद्ध गर्न सकिने हुन्छ ।

पितृलाई थोरै जल तर्पणमात्र गर्दा पनि यस दिन पितृले धेरै प्राप्त गर्ने धार्मिक मान्यता रहेको छ । तर्पण भनेको कुस र तीलको पानी हो । अञ्जुलीमा राखेर विधिपूर्वक दिइने यस्तो तर्पणबाट पितृहरु खुशी भई आशीवार्द दिने धार्मिक एवं लौकिक विश्वास रहेको छ ।

प्रतिक्रिया