मंगलबार, असार १७, २०८२

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

नेपालखोज २०७७ माघ १ गते ८:२२

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज (बिहीबार) भारत जाँदैेछन् ।

तीन दिनसम्म चल्ने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली आज भारतको नयाँदिल्ली जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आयोगको बैठकलाई मन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटनलगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ । मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् । ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया