मंगलबार, चैत ४, २०८१

आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०७७ माघ १ गते ८:३६

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

Advertisement

बिहीबार बिहान दैनिक बुटेलिन जारी गर्दै महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको जनाएको हो ।

अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हल्का हुस्सु–कुहिरो लागेको छ ।

बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भूभागमा आंशिक बदली हुनेछ ।

देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यसैगरी शुक्रबार दिउँसो प्रदेश १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकि प्रदेशका धेरै भूभागहुमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भूभागमा आंशिक बदली रहनेछ ।

दूरपश्चिम प्रदेश र कर्णालि प्रदेशका उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागहरुमा आंशिक बदलि रहने देखिन्छ ।

त्यस्तै शनिबार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बाग्मति प्रदेश, गण्डकि प्रदेश र लुम्बिनि प्रदेशका धेरै भूभागहुमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मति प्रदेश, गण्डकि प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबिच देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया