बिहीबार, चैत ६, २०८१

भद्रकालीमा यात्रुवाहक बस पल्टियो, चालकको अवस्था गम्भीर

नेपालखोज २०७७ माघ १ गते ९:२८

काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । बा ३ ख ४४३७ नम्बरको यात्रुवाहक बस भद्रकाली नजिकैको आकाशे पुलनेर पल्टिएको हो ।

Advertisement

चन्द्रगिरी यातायतको बस बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ । यद्यपी बसमा भने तीन जना मात्र सवास थिए ।

दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

बसमा सवार रहेका भनिएका अर्का एक व्यक्ति भने सम्पर्कविहीन भएका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाको कारण खुलेको छैन । चालकले नियन्त्रण गुमाएर बस दुर्घटना भएको भनिएको छ ।व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको थियो ।

प्रतिक्रिया