बिहीबार, वैशाख १३, २०८१

सेञ्चुरी कर्मसियल बैंकको नवाैं तथा १० औं वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७७ माघ १ गते १२:२६

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकले नवाैं तथा १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले बुधबार सञ्चालक समितीका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले शेयरधनीहरुलाई आ.व. २०७५–०७६ को मुनाफाबाट चुक्ता पुँजी रकम आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रुपैयाँ ३० पैसा मध्येबाट ४ दसमलव ७५ प्रतिसत नगद लाभांस (कर सहित) र दुई प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम आठ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँ मा आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट पाँच दसमलव २५ प्रतिशत बराबरको बोनस सेयर र २ दसमलव २५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५–०७६ र २०७६–०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवा हविवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले ८२ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले २२ करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया