नेकपा बैठक : ओली समूहकाे जारी, दाहाल-नेपाल समूहको बस्ने तयारी
नेपालखोज
२०७७ माघ १ गते १३:३९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बिहान ११ बजेपछि बसिरहेको हो ।
त्यस्तै आजै माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको पनि स्थायी कमिटी बैठक बस्दैछ ।
बैठक दिउँसो ३ बजेका लागि पेरिसडाँडामा बोलाइएको छ । बैठकमा संसद् विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपाले आन्दोलनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया