बुधबार, असार १८, २०८२

राजदूत आचार्यले भेटे भारतीय जनरल रावतलाई

नेपालखोज २०७७ माघ १ गते १४:०३

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग आज भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारतको नयाँदिल्ली पुग्नु केही समयअघि आचार्यले रावतसँग भेट गरेका हुन् ।

दिल्लीस्थित नेपाली दूतावासले उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको बताएको छ ।

भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली बिहीबार मध्याह्न भारत गएका हुन् । उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् ।

तीन दिनसम्म चल्ने बैठकलाई मन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने छन् । बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया