आइतबार, चैत ९, २०८१

देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

नेपालखोज २०७७ माघ १ गते १४:१८

गोरखा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ ।

Advertisement

बिहीबार पार्टीको कार्यक्रममा सहभागी हुन कैलाश एअरको हेलिकप्टरबाट पर्वत जान लागेका थिए । तर, मौसम खराबीका कारण गोरखााको पालुङटार नगरपालिका–२ आँपपिलस्थित रिपमा आकस्मिक अवतरण भएको हो ।

आकस्मिक अतरण गरिएको हेलिकप्टर करिब १० मिनेटपछि उडेको प्रहरीले जनाएको छ ।

मौसम खराबीका कारण फोर्स ल्याण्ड गरिएको हेलिकप्टर मौसम अनुकुलता हेरेर केही बेरअघि हेलिकप्टर उडेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए ।

प्रतिक्रिया