जन्ती बोकेको जीप गुल्मीमा दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते

गुल्मी । जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जीप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
जीप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जीपमा सवार १३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको डीएसपी पाण्डेले बताए ।
घाइते हुनेहरुमा कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय (बेहुला) कृष्ण पाण्डे, ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५० वर्षीय शिवलाल पाण्डे, १४ वर्षीया हिरा पाण्डे छन् । त्यस्तै गरी घाइते हुनेहरुमा ५ वर्षीय शिरिस पाण्डे, २८ वर्षीय गोबिन्द पाण्डे, २० वर्षीय नबिन पाण्डे, २४ वर्षीय हिमाल पाण्डे, १६ वर्षीय बिष्णु पाण्डे, २६ वर्षीया तुल्सा पाण्डे, ५५ वर्षीय खीमानन्द पाण्डे छन् ।
जीप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।
प्रतिक्रिया